विधेयक मन्थन

मुद्दा: देशको कानुन बनाउने प्रक्रियामा सबै सरोकारवाला र जनताको प्रत्यक्ष संलग्नता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यसलाई अभ्यासमा उतार्न हामीले विधेयक मन्थन अघि सारेका छौँ ।

विधेयक मन्थन भनेको के हो ?

विधेयक मन्थन एक नवीन प्रयोग हो जसले कानून निर्माणको प्रक्रियालाई लोकतान्त्रिकरण गर्छ र आम जनतालाई सो प्रक्रियामा आफ्नो आवाज उठाउने मौका दिन्छ । लोकतन्त्रमा जनताको समान सहभागीता जरुरी छ, कानून निर्माण प्रक्रियाबाट भने जनतालाई अलग गरिएको हुन्छ । विधेयक मन्थनको परिकल्पना सहभागिताको सिद्धान्तमा आधारित भई कानून निर्माण प्रक्रियामा जनताको सहभागिता सुनिश्चित गराउन र उनीहरुलाई बनिरहेका कानूनले के-कस्तो असर पार्नेछन् भनी सचेत गराउन गरिएको हो ।

विधेयक मन्थन फेसबुक पेज

विधेयक मन्थन फेसबुक पेजमार्फत सदनमा बहस भइरहको विधेयकहरूमा छलफल गर्न सकिन्छ। यो एक साझा मञ्च हो जहाँ जुनै पनि पृष्ठभूमिका सांसदहरूले आम जनताहरूबाट सल्लाह सुझाव लिई त्यस अनुरुप संशोधन पेश गर्न सक्छन् ।

विधेयक मन्थन पेज

सूचना प्रविधि सम्बन्धी भौतिक विधेयक मन्थन

सूचना प्रविधि सम्बन्धी एक विधेयक ल्याउने लक्ष्य लिएर सूचना प्रविधि विधेयक मन्थन चैत ४, २०७९का दिन आयोजना गरेका थियौँ ।

hackathon-1-group

यस कार्यक्रममा सूचना प्रविधि उद्योगका ३० भन्दा बढी सरोकारवालाहरु सरिक हुनु भएका थियो । अघिल्लो सदनमा पेश भएको तर पारित नभएको सूचना प्रविधि विधेयक, २०७५लाई आधार बिन्दु मानेर सूचना प्रविधि उद्योगको बढोत्तरी गर्न कस्तो कानुन चाहिन्छ भनेर बहस चलाएका थियौँ ।

hackathon-2-sumana

hackathon-3

hackathon-4

हामीले मन्थनमा सिकेका कुराहरू

hackathon-5-reflection1
hackathon-6-reflection2

  1. हामीले मन्थनमा प्राप्त गरेका सबै संसोधनका प्रस्तावहरु यहाँ भेट्टाउन सक्नुहुन्छ : https://docs.google.com/spreadsheets/d/1-DXig8Y8GL8C8tc2CQw81MTehjYJ_YMOLphTRE-hW24/edit?usp=sharing
  2. यहाँ हजुरहरुले सूचना प्रविधि क्षेत्रमा भोगेका समस्या पठाउने लिंक राखिएको छ । कृपया आफ्ना अनुसन्धानका श्रोत र साधन प्रयोग गरि हामीलाई सकेसम्म विस्तृत रुपमा यी समस्या प्रदान गरिदिनुहोला । त्यसैगरि कुनै कानूनलाई तोकेर आफ्नो समस्या राख्न सक्नुभयो भने हामीलाई ठूलो सहयोग हुनेछ । लिंक: https://forms.gle/4bP84chyrBFLpzJs9
  3. आफ्नो कानुन विभाग वा कानूनी परामर्श दिने कानून व्यवसायीसँग सल्लाह लिई आफ्नो क्षेत्रमा लागू हुने सबै ऐन र मन्त्रिपरिषद्का निर्णयहरु सूचिकृत गरिदिनुहोला । यस्तो गरेमा हामीले आवश्यक परिवर्तनका लागि आवाज उठाउन सक्छौँ । बुझाउने लिंक: https://forms.gle/Me4NJRyAootC44M16
  4. हाम्रो जस्तै सूचना प्रविधि उद्योग भएका देशहरू भारत, बंगलादेश, नाइजेरिया, कोरिया जस्ता देशहरूमा अनिशजीले सुभाव दिए अनुसार हजुरहरुले एक देश चयन गरेर अध्ययन गर्न सक्नुहुनेछ । यसरी हामीले यो जल्दोबल्दो र निकै जटिल क्षेत्रलाई अरु देशले कसरी प्रबन्ध गरिरहेका छन् भन्ने जानकारी जम्मा गर्न सक्छौं । बुझाउने लिंक: https://forms.gle/HF2tCv88zfXe9dQK9

यस कार्यक्रम आयोजना गर्न सघाउनु भएकोमा NAS-IT तथा स्थान उपलब्ध गराउनभएका लिपफ्रग नेपाललाई धेरै धेरै धन्यवाद

हामीले सूचना प्रविधिको विधयेकको जग बसाउन सुरु गरिसकेका छौं । हामीसँग सम्पर्कमा रहेर आफ्ना अध्यन र सिपले हामीलाई सहयोग गर्नुहोस् !